लेकसाईडमा सस्तो होटल, एक हजारमै बास र ब्रेकफाष्ट

पोखरा, पुस १३ ।
पोखरा आएपछि लेकसाइडमा बस्न समस्या छ ? धेरै रहर भएपनि पैसा अभावमा लेकसाईड बस्न समस्या भएकाहरुलाई मध्येनजगर गरेर नयाँ होटल खुलेको छ । कम पैसा हुने पर्यटकलाई लक्षित गरि पोखराको जरेवर र नारेश्वर चोक बीचमा होटल ब्लु हिमालयन सञ्चालनमा ल्याईएको हो । होटल सञ्चालक तिलक तिवारीले सस्तोमा पर्यटकलाई लेकसाईडमा बस्ने ब्यवस्था मिलाएको बताए ।

उनका अनुसार होटलमा आउने पाहुनाले १ हजारमै एक रातको बास र विहानको ब्रेकफाष्ट खान पाउँछन् । ‘सबै पर्यटकले लेकसाईड क्षेत्रमा बस्न पाउनुपर्छ । हामी पर्यटक भित्र्याउने कुरा गर्छौं तर पैसा कम हुनेहरुलाई पर्यटक नै भन्दैनौं, उनले भने–पोखरा आएका सबै पर्यटक हाम्रा पाहुना हुन् । उनीहरुलाई पनि लेकसाइडमा बस्ने हक छ । हामीले त्यसकै लागि होटल सञ्चालन गरेका हौं ।’

होटलमा ४ वटा फ््लोरमा १६ वटा कोठा छन् । होटलको पहिलो फ्ल्याटमा १ हजार रुपैयाँमा पर्यटकलाई बस्ने ब्यवस्था मिलाईएको उनले बताए । ‘हामीसँग १ हजारदेखि ४ हजारसम्मका रुमहरु छन् । कुनैमा सिंगल बेड र कुनैमा डवल बेड राखिएको छ, उनले थपे–बास बस्न आएका पाहुनालाई विहान लाइट ब्रेकफाष्ट पनि ब्यवस्था छ ।’ तिवारीले पोखराकै सभागृहचोकमा पनि अर्को होटल चलाएका छन्–होटल अशोक ।

लेकसाईडको होटलमा पुग्ने पाहुनालाई पार्किङको समस्या छैन । होटलकै आडमा पार्किङ गर्न जग्गा किनेर पार्किङ स्थल बनाईरहेका छन् । नयाँ बर्षसँगै होटल सञ्चालनमा ल्याएको उनले बताए । ‘फ्रि वाईफाई, प्रत्येक रुपममा टिभी, तातोपानीको ब्यवस्था, सबै सुविधा होटलमा छन् । रुम सस्तो भनेर सेवा घटाएका छैनौं, उनले भने–स्तरीय सेवामा सस्तो मुल्य कायम गरेका हौं । हामी पाहुनाको सत्कारमा ख्याल गर्छौं ।’

होटलबाट हिमालयन रेञ्ज, शान्ति स्तुपा स्पष्ट देखिन्छ भने केही अन्य मनोरम ठाउँहरु पनि दृष्यावलोकन गर्न सकिन्छ । करिब ७० लाखको लागतमा होटल सञ्चालन गरिएको तिवारीले बताए ।