लेकसाइडमा आजदेखि गाडी चलाउन नपाईने

पोखरा, चैत ९ ।
सवारी आवागमन बढेर साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडलाई अब ‘नो भेइकल जोन’ बनाइने भएको छ । लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी प्रवेशमा रोक लगाउने तयारी भएको हो । सरोकारवाला, सर्वदलीय र सर्वपक्षीय भेलाले तत्कालका लागि शुक्रबार र शनिबार बेलुकी लेकसाइडलाई ‘नो भेइकल जोन’ बनाउने निर्णय पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ ले गरेको हो । आजको शुक्रबार र भोलि शनिबार बेलुकी देखि लेकसाइडको एक किलोमिटर क्षेत्रमा कुनैपनि सवारी चलाउन पाइने छैन । आजबाट सुरु भएको नो भेइकल जोन प्रत्येक हप्ता साझँ ५ बजे देखी शुरु हुनेछ । नो भेइकल जोन बनाएको पर्यटन व्यवासायीहरुले खुसी व्यक्त गरे ।
लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करिब १ किलोमिटर दुरीमा सवारी प्रवेश रोक लगाउने तयारी गरेको हो । पहिलो चरणमा बेलुकी पाँच बजेपछि दुईदिन नै नो भेइकल जोन बनाउने हो । नो भेइकल जोन बनाएको दिन राती अबेरसम्म पनि सवारी चलाउन पाइने छैन ।’ पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए । सवारी आउजाउ रोकिएपछि स्थानीय व्यावसायीले सडकमै मनोरञ्जनात्मक र सचेतनामुलक कार्यक्रम गर्न पाउने पनि उनले बताए । ‘सडकमा सारंगी, मादल बजाउन, भजन, वृत्तचित्र देखाउने लगायतका कार्यक्रम व्यावसायीले गर्न सक्ने पहारीले बताए । उनले हल्लनचोक पुगेका सवारीलाई क्याम्पिङचौरमा पार्किङ गर्ने र सहीदचोक हुँदै गएका सवारी बाराही मन्दिर जाने छेउको रत्नमन्दिरको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाएको अध्यक्ष पहारीले बताए ।
पोखरा लेकसाइडमा दिनहुँ हजारौ स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । लेकसाइड साँघुरो भएकोले अब सवारी आवागमन रोकेर पर्यटकलाई निर्वाध हिडडुलको व्यवस्था गर्नुपर्ने कास्की प्रहरी प्रमुख अशोक सिहँले बताए । उनले पोखराको लेकसाइडमा सुरक्षालाई बलियो बनाउन थप सिसिक्यामेरा समेत राख्न थालेको बताए । उनले पर्यटन क्षेत्रको वातावरण शान्त बनाउने सुरक्षाको प्रत्याभुती दिनन प्रशासन तयार रहेको बताए । ५ वर्ष पहिले पनि पोखराको लेकसाइडलाई ७ महिना सम्म शुत्रबार नो भेरिकल जोनका रुपमा सञ्चालन गरिएको थियो । तर पार्किङको व्यवस्था नुहदाँ स्थगित गर्नु प¥यो । पार्किङको व्यवस्था, होटल रेस्टुरेन्टमा सामान ल्याउन र स्थानीयका सवारी साधनलाई पासको व्यवस्था गरेर सातै दिनलाई नो भेइकल जोन बनाउनुपर्ने व्यवसायीको भनाई छ ।