लुयरावासीको प्रतिवद्धता-वामलाई भोट

पोखरा, मंसिर ७ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा, सल्यानका वासिन्दाले यसपटक वाम गठबन्धनलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । संयुक्त वाम गठबन्धन कास्की क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत विश्वकर्मा र कास्की ३ प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीको प्रचारप्रसार अभियानमा लुयरका पुग्दा त्यहाँ वासिन्दाले उम्मेदवारलाई यसरी आश्वस्त पारे ।
विश्वकर्माले गाउँको विकासको लागि गाउँकै व्यक्तिले केन्द्रमा प्रतिनिधित्व गर्नुपर्ने बताए । यसो हुन नसकेको खण्डमा गाउँमा आउने वजेट गाउँको विकासमा नभई अन्यत्रै जाने भन्दै आफ्नो ठाउँको व्यक्तिलाई मत दिएर विजय गराउँन उनको आग्रह छ ।
प्रदेश सभा ख का उम्मेदवार राजीव पहारीले आफू यस क्षेत्रको विकासका लागि सदैव तयार रहने बताए । वामगठबन्धनकी समानुपातिक उम्मेदवार दुर्गा विकले दलितले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागीले अहिलेको चुनावमा वाम गठबन्धनको बुहमत आइसकेको बताउँदै दुई तिहाई मतको ल्याउनको लागि सम्पूर्ण गाउँवासीलाई वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द अधिकारी, नेकपा एमाले साविक क्षेत्र नम्बर ४ का अध्यक्ष विष्णु केसी, जमान सिंह, नेकपा एमाले प्रदेश नम्बर ४ विभाग सदस्य बुद्धिमान गुरुङ, जिल्ला सल्लाहकार परिषदका सदस्य दुर्गादत्त ढुंगाना, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपेन्द्र गिरी, नेकपा एमाले क्षेत्रीय सचिवालय सदस्य महेश्वर दवाडी, अर्जुन केसी, विजय केसी, बलराम विक, अनेरास्ववियु केन्द्रीय सदस्य अशीर्वाद सुवेदी, भरत गुरुङ कोने र अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शेखर गौतमलगायततको टोली घरदैलोमा सरिक थियो ।