लुम्लेमा बस दुर्घटना, ६ घाईते

पोखरा, असोज २६ ।
बाग्लुङबाट बिरगञ्जका लागि छुटेको बस कास्कीको लुम्ले नजिक दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित पाँउदुरको मोडमा बस ना ६ ख ८९३६ नम्बरको दुर्घटना भएको हो ।
सडकबाट अंन्दाजी १० मिटर भिरबाट तल खस्दा बसमा सवार २३ जना मध्य ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा जिल्ला पर्सा बिरगंजका ४१ ब्र्षिय बिटु शाह, पर्बत कुष्मा नगरपालिका ४ की २६ बर्षकी सोनी गुरुङ, ३२ बर्षिय बिक्रम गुरुङ, अन्नपुर्ण गाउँपालिका ६ की २८ बर्षिय सम्झना विक, पर्बत कुष्मा नगरपालिका ५ का २८ बर्षका रामु परियार र रौतहट भवानिपुर ९ का ५० बर्षिय बिन्देश्वर शाह रौनियार छन् ।
घाईतेहरुको पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भएको छ ।