लायन्स हिमालयनको वृक्षारोपणलायन्स हिमालयनको वृक्षारोपण

पोखरा, असार २७ ।

लायन्स क्लव अफ पोखरा हिमालयनको वृक्षारोपण कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुलमोहर, चांप, रुद्राक्ष, अशोका लगायतका ६७ वटा विरुवाहरु वृक्षारोपण गरेका थिए । डिष्ट्रीक ३२५ बी वान इभ्यालुएसन डिपार्टमेन्ट चिफ  तिर्थलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा क्लवका अध्यक्ष ला. सुविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व ला.अध्यक्षज्यूहरु, लायन मित्र तथा भाउजुहरुको उपस्थिती रहेको थियो ।

वृक्षारोपण कार्यक्रमका संयोजकला विजयकुमार रञ्जीत, नि.अध्यक्ष ला. डा.ईन्द्रमान महर्जन, अध्यक्ष ला. सुविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष ला.दिनेश शंकर पालिखे लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । हिमालय आँखा अस्पताल घारिपाटनको परिसरमा भएको वृक्षारोपण कार्यक्रमको संचालन क्लवका सचिव ला.लक्ष्मी प्रसाद द्धा ले गरेका थिए ।