लायन्स सम्बृद्धिद्वारा सहयोग वितरण

पोखरा, भदौ ६ ।

महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लायन्स क्लब पोखरा सम्बृद्धीले अपाङ्गता महिला प्रशिक्षक र मृगौला रोग पीडितलाई आर्थिक सहयोग गरेको छ ।

महिलाद्धारा स्थापित अन्तराष्ट्रिय लायन्स क्लब सम्बृद्धिले महिलाहरुद्धारा सङ्कलन गरिएको रकम शिप विकास तालिममा प्रशिक्षक भई सक्षम महिला आफैमा अपाङ्ग रहेर पु¥याएको योगदान स्वरुप चुम माया पुर्जा र पोखरा–१७ निवासी आर्थिक अवस्था कमजोर भएका बुद्धि प्रसाद सुवेदीलाई आर्थिक सहयोगसहित सम्मान गरिएको क्लबका अध्यक्ष राधिका थापाले बताएकी छन् ।

कार्यक्रममा लायन्स क्लबका सल्लाहाकार, गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले क्लबले उदाहरणीय रुपमा खाने रमाउने भन्दा पनि सहयोगी भावनाले महिलालाई सहयोग र प्रतिभा प्रस्फुटन गराउने जस्तो रचनात्मक कार्य गर्नु प्रशंसनीय रहेको बताइन् ।

क्लबका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा रिजन चियन पर्सन कल्पना क्षेष्ठ, जोन पर्सन शाल्वी मर्सानी, अमृत शोभा खत्री, चिफ एड्भाइजर सुचिता थापा, दुर्गा ढकाल, पूर्व अध्यक्ष कुश्मा राणा, कार्यक्रम संयोजक रेविका क्षेष्ठ, सचिव देवी क्षेष्ठ लगायतले मानवीय कार्यमा क्लब सक्रृय रहने बताए ।

यस वर्ष क्लबले तालिम, सहयोग सहित रचनात्मक कृयाकलापहरु गर्ने पनि क्लबका सदस्य माया कुमारी शर्माले जानकारी गराईन् ।