लागू औषध सहित पोखराबाट एकजना पक्राउ

पोखरा, पुस १७ ।
पोखरा महानगरपालिका १७ छोरेपाटन बरकोबोटमा लागू औषध सहित एकजना पक्राउ परेका छन् । प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मुस्ताङ थासाङ गाउँपालिका २ घर भई विन्ध्यवासिनीमा बस्दै आएका क्रिम परियारलाई पक्राउ गरेको हो ।

उनको साथबाट नुर्फिन ३२ थान, फेनरागन ३२ थान, डाईजेपाम ३२ थान, नाईट्रेजिजिप १८० ट्याव्लेट, सिरिज १९ थान सहित मोबाईल ३ थान र १४ हजार ४ सय रुपैयाँ नगद बरामद भएको छ । उनलाई थप अनुसन्धान सहित कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।