लागू औषध र नगद सहित पोखराबाट बराल पक्राउ

पोखरा, कार्तिक ११ ।
पोखरा १३ मियापाटनबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिय सुजन बराललाई केही लागू औषध सहित आईतबार पक्राउ गरिएको हो ।

उनको साथबाट २३ थान डाईजेपाम, २३ थान फेनरागन र २३ थान नुर्फिन लागूऔषध तथा नगद २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई लागू औषध मुद्धामा अनुसन्धान अघि बढाईएको कास्की प्रहरीका प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।