लागूऔषध सहित पोखराबाट भारतीय नागरिक पक्राउ

पोखरा, मंसिर ११ ।
पोखरामा लागू औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुजापुर घर भई पोखरा ५ मालेपाटन बस्दै आएका आकाश कुमार पक्राउ परेका हुन् । उनलाई आफ्नै कोठाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनलाई नगरका विभिन्न ठाउँमा लागू औषधको कारोबार गरेको आरोप छ । उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकेटमा लुकाइ राखेको बुर्फिनर्फिम १२० एम्पुल, डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल गरी जम्मा ३६० एम्पुल लागू औषध बरामद भएको छ ।