लम्जुङको पुरानोकोट गाउमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर ५ सय वढीको स्वास्थ्य जांच

गिता राना मगर, पोखरा १ चैत्र ।
युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नया गन्तब्य चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको युनाईटेड क्लवले आफ्नो स्वास्थ्य विद्याको कार्यक्रम अन्तर्गत लम्जुङ जिल्लाको वेशीशहर नगरपालिका वडा नम्बर ४ मा रहेको पुरानोकोट डांडागाउमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको हो । दुर दराजमा रहेको ग्रामीण भेगहरुमा बसोवास गर्ने स्थानियहरुलाई लक्षित गरि आयोजना गरिएको बृहत निशुल्क स्वास्थ्य शिविरको वेशीशहर नगरपालिकाकाका मेयर गुमानसिंह अर्यालले उद्घाटन गरे । शिविरको उद्घाटन गर्दै मेयर अर्यालले बृहत स्वास्थ्य शिविरको माध्यामबाट आफ्नो नगरपालिकामा रहेर पनि दुरदराजमा बसोवास गर्ने जनताले प्रत्यक्ष स्वास्थ्य लाभ लिने अवसर पाएको वताए ।

स्वास्थ्य शिविर गर्नु आफैमा खर्चिलो कार्यक्रम भएको वताउदै अर्यालले युनाईटेड क्लवको बारेमा आफुले वेला मौकाम सुन्दै आइरहेको र हाल आएर क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै अन्य सामाजिक संघ संस्थाहरुले समेत युनाईटेड क्लवको सामाजिक कामको अनुसरण गर्नुपर्नेमा जोड दिए । महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा गाह्रो काम भएतापनि विगत एक दशकदेखी यस्तो सामाजिक काममा लागेको युनाईटेड क्लवको कार्यक्रममा सहभागी हुन पाउदा निकै खुसी लागेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै वेशीशहर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लालवीर गुरुङले सामाजिक काममा अगाडि वढिरहेको युनाईटेड क्लवले वेशीशहर नगरपालिकाको दुरदराजमा रहेको आफ्नो वडामा पर्ने पुरानोकोट गाउमा आएर निशुल्क स्वास्थ्य शिविर गरी आफ्नो वडाका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यस्तै पुरानोकोट सामुदायिक होमस्टेका अध्यक्ष कन्याकाशी गुरुङले युनाईटेड क्लव संग पोखरा महोत्सवबाट सहकार्य गर्ने मौका मिलेको र पोखरा महोत्सवबाट आफ्नो गाउमा रहेको होमस्टेको प्रचार प्रसार गरी आफुहरुमाथी ठूलो गुण लगाएको र हाल आएर पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी आफ्नो गाउबासीलाई गाउमानै आएर ठूलो गुण लगाएको वताउदै आगामी दिनमा पनि युनाईटेड क्लव संग सहकार्य गरी आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरिन ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेशीशहर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष वल बहादुर गुरुङ, युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सूर्योदय तमु युवा क्लवका अध्यक्ष खुमराज गुरुङ लगायतले आ आफ्नो मन्तब्य राखेका थिए । क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य उपसमिति संयोजक तथा कार्यक्रम संयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य जयराम आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, नरहरी पोलिक्लिनीक र पोखरा होराइजन डेन्टल क्लिनीकको प्राविधीक सहयोग र एरो फर्मासिटिकल र एपेक्स फर्मासिटिकलको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा पुरानोकोट डाडागाउ संगै वेशीशहर नगरपालिका वडा नम्बर ४ र ५ का गरी ५ सय १५ जनाले स्वास्थ्य जांच गराएका थिएभने सो मध्ये १ सय ४० जनाले भिडियो एक्स रे, ७० जनाले इसिजी र ५३ जनाले पिसाव तथा रगत परिक्षण गराएका थिए । त्यसैगरी ९२ जनाले दांत सम्बन्धी रोगको परिक्षण, १ सय ५० जनाले हाडजोर्नी तथा नशारोग, र ३० जनाले नाक, कान घांटी, ३२ जनाले सर्जिकल, २१ जना बच्चाको परिक्षण र २ सय वढिलाई औषधी वितरण गरिएको थियो ।

उक्त शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका डाक्टरहरु डाक्टर सरोज पोख्रेल, डाक्टर आनन्द भट्टराई, डाक्टर सुदर्शन सुवेदी, डाक्टर कल्याण बराल, डाक्टर निजु वैद्य, श्रीती वैद्य, डाक्टर रोशन कुमार यादव, प्राविधीकहरु अस्मिता पौडेल, नरेश प्रसाद पाण्डे, लक्ष्मी क्षेत्री, रन्जीता अछामी, सुस्मिता विश्वकर्मा, कृष्टिना काफ्ले, सोनी क्षेत्री र सुमिना रन्जितकार र प्रशासनबाट शालिग्राम गौतमको सहभागीता रहेको थियोभने नरहरि पोलिक्लिनीकबाट डाक्टर नारायण ओझा, डाक्टर आकाशमणी भण्डारी, डाक्टर रोशन पंगेनी र प्राविधीकहरु नरहरी पनेरु, इश्वर शर्मा र सन्दिप केसी रहेका थिएभने डेण्टल तर्फ पोखरा होराइजन डेन्टलबाट डाक्टर करुणा श्रेष्ठ, डाक्टर आशिष श्रेष्ठ, डाक्टर निशा गुरुङ र प्राविधीक सविता आचार्यको सहभागीता रहेको थियो । सो अवसरमा क्लवका पदाधिकारी, क्लवका पूर्व अध्यक्ष, विभिन्न उपसमितिका संयोजकहरु, साधारण सदस्य तथा सल्लाहकारहरुको समेत सहभागीता रहेको थियो ।