लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडी

लमजुङ , मंसिर २२ ।
लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६ सय ७७ मत ल्याउँदा कांग्रेस उम्मेद्वार दिलबहादुर घर्तीले ८ हजार ४७८ मतले पच्छ्याईरहेका छन् ।
यस्तै प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रदेशसभा क मा ९ हजार २८१ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार धनन्ञ्जय दवाडीले ५ हजार १७० मतले अग्रता लिएका छन् । दवाडीलाई कांग्रेस उम्मेद्वार गर्जबहादुर गुरुङले ३ हजार ४३३ मतले पच्छ्एका छन् ।
प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ४ हजार ५३३ मत ल्याउँदा कोइरालाले ४ हजार ५१ मत ल्याएका छन् ।
एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ मा ३६ हजार ६८ र प्रदेश सभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो ।