लमजुङमा क–कस्ले दिए उम्मेदवारी (सूचीसहित)

लमजुङ, कार्तिक ५ ।
मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत लमजुङमा आइतबार उम्मेदवारी दर्ता गरिएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेतले मनोनयन दर्ता गराए । लमजुङमा कांग्रेस, वाम गठवन्धन, स्वतन्त्र सहित प्रतिनिधि सभाका लागि १० जनाले उम्मेदवारी दिए । एक निर्वाचन क्षेत्र रहेको लमजुङमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका उम्मेदवारहरुले उम्मेदारी दर्ता गराएका हुन् ।
काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व केन्द्रिय सदस्य दीलबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा ‘क’ मा काग्रेसका पूर्व कार्यबहाक सभापति गर्जबहादुर गुरुङ र प्रदेश ‘ख’ मा जिल्लाका पूर्व सभापति कृष्णप्रसाद कोइरालाले उम्मेदवारी दर्ता गराए ।
वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले उम्मेदवारी दर्ता गरे । बाम गठबन्धनबाटै प्रदेश ‘क’ मा एमाले जिल्ला कमिटी अध्यक्ष धनन्जय दवाडी र प्रदेश ‘ख’ मा एमाले केन्द्रिय सचिव पृथ्वीसुव्वा गुरुङले उम्मेदवारी दर्ता गराए । जिल्ला निर्वाचन अधिकृतको कार्यलयका अनुसार लमजुङमा नयाँशक्ति पार्टीबाट प्रतिनिधि सभाको लागि प्रदेश–४ इन्चार्ज देवेन्द्र पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिनिधि सभाका लागि लमजुङबाट उम्मेद्वारको नामावली
१. वामगठबन्धन, देवप्रसाद गुरुङ–माओवादी केन्द्र
२. नेपाली काँग्रेस, दिलबहादुर घर्ती
३. नयाँ शक्ती, देवेन्द्र पराजुली
४. संघिया समाजवादी फोरम, खेमजंग गुरुङ
५. विवेकशिलसाझा पार्टी, निर्देश सिलवाल
६. नेकपा क्रान्तिकारी माओवादी, सुरेशचन्द्र न्यौपाने
७. राष्ट्रिय जनमुक्ती पार्टी, यमबहादुर थापामगर
८. जनसमाजवादी पार्टी नेपाल, निराजन कुवंर
९. देशभक्त समाज, नेतर गुरुङ
१०. स्वतन्त्र, द्धारिका प्रसाद मिश्र

प्रदेश सभाका लागि उम्मेद्वारहरुको नामावली
बाम गठबन्धन
प्रदेश सभा क–धनन्जय दवाडी –एमाले
प्रदेश सभा ख–पृथ्वीसुब्बा गुरुङ –एमाले
कांग्रेस
प्रदेश सभा क–गर्ज बहादुर गुरुङ
प्रदेश सभा ख–कृष्ण प्रसाद कोइराला
नयाँ शक्ति
प्रदेश सभा क–राजु थापा
प्रदेश सभा ख–सरोज कुमार दनाई
राप्रपा प्रजातन्त्रिक
प्रदेश सभा क–बजिरमान गुरुङ
प्रदेश सभा ख–रमेश राज पाण्डे
संघिया समाजवादी फोरम नेपाल
प्रदेश सभा क–शेष बहादुर गुरुङ
प्रदेश सभा ख–सुरेश कुमार गुरुङ
जनसमाजवादी पार्टी
प्रदेश सभा क–वुद्धिमान परियार
प्रदेश सभा ख–हर्के सार्की
विवेकशिल साझा पार्टी
प्रदेश सभा क–तुल्सी गुरुङ
प्रदेश सभा ख–मुनीन्द्र थापा
स्वतन्त्रबाट–उत्तम गुरुङ