लकडाउन लम्ब्याउने तयारी, भोलि निर्णय हुने

पोखरा, बैशाख २३ ।
कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले २५ वैशाखपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ ।

तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र ? भन्ने प्रश्न छलफलमा उठेको एक मन्त्रीले जानकारी दिए । बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठीक भएको निष्कर्ष निकालेको छ ।

२५ गतेपछि लकडाउन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले सरकारले जे नीति अख्तियार गरेको छ, यो सही छ । यो निरन्तर रहन्छ ।’ भोलि ११ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । यही बैठकले २५ वौशाखपछि लकडाउने के गर्ने भन्ने निर्णय गर्नेछ । अनलाईनखवर