रोकिराखेको ट्याक्टर चलाउँदा पल्टिएर १० वर्षीया बालिकाको मृत्यु
दार्चुला, साउन ८ ।
दार्चुलाको मार्मा गाउँपालिका२, घोप्टेमा रोकेर राखिएको ट्याक्टरलाई १० वर्षीय बालिकाले चलाउँदा दुर्घटना भई बालिकाको घट्नास्थलमै मृत्यु भएको छ । एक सातादेखि सडकमा रोकेर राखिएको को१त ६७७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका २ की १० वर्षीया दिपिका महराको घट्नास्थलमै मृत्यु भएको हो । मृतक दिपिकाका साढे ६ महिनाका भाई अनिस महरा र ८ वर्षीय शेरसिह धामी घाइते भएका छन् ।
सडकको किनारमा राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ । सडकको छेउबाट ट्याक्टर झन्डै एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय लटिनाथका सई उत्तम अवस्थीले बताए ।
दुर्घटनामा परि घाइते भएकामध्ये अनिशको अवस्था गम्भीर छ । स्थानीय मेडिकलमा सामान्य जाँचपछि थप उपचारको लागि उनलाई गोकुलेश्वर अस्पताल रिफर गरिएको अवस्थीले जानकारी दिए ।
File Photo