रोकिएन सुन आतंक, गोरखाको सिर्दिबासबाट १० किलो काचो सुन बरामद

पोखरा, भदौ २३ ।
गोरखाको सिर्दिबासबाट १० किलो अवैध सुन बरामद गरिएको छ । सिर्दिबास प्रहरीले नियमित चेकजाँचको क्रममा सुन बरामद गरेको हो ।

स्थानीय नुटुप र लोप्चनको साथबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रहरीको नियन्त्रणमा छन् । १० किलो कच्चा सुन बाहेक अरु खुद्रा सुन पनि भेटिएको नेपाल प्रहरीका सई तुलबहादुर सेनले जानकारी दिए ।

घटनाको अनुसन्धान चलिरहेको छ ।

प्रतिकात्मक तस्विर