रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, बैशाख ११ ।

अमेरिकाको टेनेसी राज्यस्थित नैसविले शहरको एक रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका २९ बर्षिय ट्राभिस रिनकिङलाई प्रहरीले पक्राउ गरेको छ । उनी अमेरिकाको न्यासभिल शहरबाट पक्राउ परेका हुन् । उनको साथबाट बन्दुक पनि बरामद गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकाको टेनेसीमा उनले नग्न अवस्थामा रेस्टुरेन्टमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी चार जनाको हत्या गरेका थिए ।

शहरको बाहिरी क्षेत्रमा रहेको वैफ्ले हाउसमा प्रवेश गरेका ती व्यक्तिले सेमि अटोमेटिक राइफलबाट गोली प्रहार गरेका थिए । एउटा पिकअप ट्रकमा रेस्टुरेन्ट बाहिर पुगेका उनले तत्काल गोली प्रहार गरी दुई जनाको हत्या गरेका थिए । त्यसपछि उनी रेस्टुरेन्टभित्र गएर गोली प्रहार गरेका थिए । (एजेन्सी)