रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल

पोखरा, भदौ २२ ।
रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण बराल, द्वितिय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा गणेश थापा, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा विकास भट्टराई तथा सह–कोषाध्यक्षमा रोशन कार्की चयन भए ।

समितिको सदस्यहरुमा विश्वराज पौडेल, नरेश भट्टराई, राजेन्द्र ढकाल, भरत शर्मा, बसन्त गौतम, बैभव पौडेल र दिल श्रेष्ठ चयन भए । समितिको निर्वतमान अध्यक्षमा चौ बहादुर गुरुङ्ग रहेका छन् ।