रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ

पोखरा, बैशाख २३ ।

राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका थिए । मस्कोमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नावाल्नीसहित एक हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नावाल्नी रुसमा मौलाएको भ्रष्टाचार विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका नेता हुन् । उनले सन् २०११ देखि बेलाबेलामा पुटिन बिरुद्ध प्रदर्शनको नेतृत्व गर्दै आएको थिए । नावाल्नीले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनलाई चुनाव लड्न रोक लगाइएको थियो मस्कोसहित रुसको अर्को शहर सेन्ट पिटरबर्गमा पर्नि याली निकाल्ने तयारी भइरहेका बेला सरकारले प्रदर्शनमा रोक लगाएको छ । यसैबीच मस्कोमा पुटिनका हजारौं समर्थकले पर्नि याली निकालेका छन् ।(एजेन्सी)