रुपातालमा बाँध बाँध्न १२ करोड निकासा, ताल १७४ हेक्टर फराकीलो बन्ने

पोखरा, जेठ ३० ।
विहानको घाम लाग्दाको समयमा फरक देखिन्छ । मध्य घाममा त्यसको रुप बदलिन्छ । र साँझमा अर्को रुप हुन्छ रुपातालको । घाम अनुसार आफनो रुप बदले पनि प्राकृतिक रुपमा आफनो सतहीरुप भने फेरिएको छैन् । सतही रुप फेर्न अब केही वर्ष मात्रै कुर्नुपर्छ । त्यसपछि रुपाताल पुरानै अवस्थामा फर्किने छ ।

कास्कीका नौ ताल छन् । सबै ताल बाँधले घेरिएको छ । तर रुपताल भने बाँध विहीन छ । बाँध विहीन अवस्थाको अन्त्य हुदैै छ । बाँध बाँध्ने पन्च वर्षिय योजना अन्तर्गत खोला नियन्त्रणको काम शुरु गरिएको छ । बाँध बाँध्न पहिलो वर्ष १२ करोड निकासा भएको रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने–‘त्यही रकमबाट तालको उत्तर तर्फको खोलाहरु नियन्त्रण गर्न तालजाली ग्याभिन शुरु गरिएको छ ।’ ताल विशेष गरी पर्यावरणीय रुपमा महत्वपूर्ण छ ।

तालमा पाईने प्राकृतिक जडिबुटि यसको विशेषता हो । जलचरको आगमनले पर्या पर्यटनमा टेवा पु¥याउँदै आएको छ । तर बाँध नहुदाँ पानीको सतह घट्दै गएको थियो । बाँध बनाउने डेढ दशकअघिदेखि अघि चर्चा चलेपनि सरकारले गतवर्ष मात्रै बजेट विनियोजन गरेपछि काम अगाडि बढेको हो ।

पहिलो चरणमा २ करोड र दोस्रो चरणमा १० करोड गरी १२ करोड रुपैयाँ निकासा भईसकेको छ ।

सरकारले एकवर्ष अघिदेखि बाँधको आवश्यक काम शुरु गरिसकेको छ । पहिलो चरणमा २ करोड र दोस्रो चरणमा १० करोड गरी १२ करोड रुपैयाँ निकासा भईसकेको छ । निकासा भएको रकमले तालको उत्तर तर्फ खोला किनारमा तालजाली ग्याभिन एवं सिल्ट्रेसन पोण्ड निर्माण शुरु गरिएको उनले बताए । ‘खोला किनारमा ग्याभिन र बाढी नियन्त्रण गर्न तीन वटा पोण्ड बनाउने योजना हो । यो आर्थिक वर्षभित्रमा एउटा पूर्णरुपमा सकिन्छ ।’ उनले भने–‘दोस्रो आधा आधी हुदैं छ भने तेस्रो पोण्ड अर्को वर्ष शुरु गरिने छ ।’ तीन वटा पोण्ड ३० रोपनी क्षेत्रफल बराबरका छन् । पोण्ड १५० मिटरको फरकमा निर्माण गरिने छ ।

वर्षातको समयमा खोलामा आउने बाढीसँग माटो एवं गेग्रान थिग्रयाउन पोण्ड बनाईएको उनले बताए । भरिएपछि निकालेर फालिने छ । अर्को चरणमा अब जग्गा अधिग्रहण गरिने योजना छ । अधिग्रहण गर्न २५ करोड रुपैयाँ निकासा भएको छ । डुबान क्षेत्र अन्तर्गत पर्ने १४७२ रोपनी क्षेत्रफलको मुअब्जा दिनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

‘१४७२ रोपनीमा अझै केही घटन सक्छ ।’ उनले भने–‘९ वटा जति कच्ची घर छन् । तिनीहरुको मुअब्जा दिनुपर्छ ।’ त्यसको लागि फेरी सर्भे गरिने आन्तरिक तयारी भईरहेको उनको भनाई थियो । मुअब्जाको लागि जग्गाको मूल्य निर्धारण गरिसकिएको छैन् ।

बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ ।

बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । उत्तर तर्फको दोभान, जिमिरे, चिसा खोला लगायतका खोलाले वर्षेनी बगाउने माटोले तालको सतह घट्दै गएको छ । नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो । रुपातालको आकार मात्रै साँघुरिएको छैन, सतह पनि पुरिँदै आएको छ । पछिल्लो १० वर्षमा झण्डै एक तिहाई गहिराइ पुरिएको स्थानीय बताउँछन् ।

तालको गहिराई कम गहिरो ठाउँमा साढे ४ मिटर र सबैभन्दा गहिरो ठाउँमा ९ मिटरसम्म थियो, तर अहिले यो घटेर कम गहिरो ठाउँमा २.७४ मिटर र सबैभन्दा गहिरो ठाउँमा साढे ४ मिटरमा झरेको छ । तालकै सीमासँग जोडिएको सामुदायिक बनलाई लक्षित गर्दै चिडियाखाना निर्माण गरिदैं छ ।

बाँध हुदैं चिडियाखानासम्म जाने फुट ट्रयाक निर्माणमा भने महानगरपालिकाले चासो देखाएको छ ।

बाँध हुदैं चिडियाखानासम्म जाने फुट ट्रयाक निर्माणमा भने महानगरपालिकाले चासो देखाएको महानगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले बताए । उनले फुट ट्रयाकसँगै हरित मार्ग बनाइएको अवस्थामा पर्या पर्यटनको विकास हुने आशा र विश्वास व्यक्त गरे ।

तालको दक्षिण तर्फ डुबान क्षेत्रको मुअब्जा वितरणपछि बाँधको काम अघि बढ्ने अध्यक्ष ढकालले बताए । उनले डुबान क्षेत्र भन्दा पनि बाँध निर्माणको गर्न अत्यावश्यक क्षेत्रका बासिन्दालाई पहिला मुअब्जा वितरण गरिने जानकारी दिए । ‘डुबान भन्दा संरक्षण क्षेत्रमा मुअब्जा वितरण गरिने छ ।’उनले भने । तालको दक्षिण तर्फ ५७५ मिटर लम्बाईको बाँध निर्माण गरिने छ । ५० मिटर चौडाईयुक्त बेस रहने छ । १० मिटर उचाई र १० मिटर चौडाईको बनाईने छ ।

पन्च वर्षिय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५० करोडको लागत अनुमान गरिएको छ । रुपा गाँउपालिकाका ६ र ७ वडाका वडासदस्य, पोखरा लेखनाथ महानगरपालिका २८,३१ र ३२ का वडा सदस्य र रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्था सदस्य रहेको ‘योजना व्यवस्थापन समिति’ बनाइएको छ ।