रुपातालको मुआब्जा साउन तेश्रो साता दिईने

पोखरा, साउन २ ।
रुपातालमा बाँध बाध्न आवश्यक जग्गा अधिग्रहण अन्तर्गत पहिलो चरणको मुअब्जा वितरण साउनको तेस्रो सातादेखि शुरु गरिने छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीले जग्गा प्राप्त ऐन २०३४ अनुसार साविकको रुपकोट ५ र ९, भिरचोक ४,७ र ९, बेगनास १, २ र ४, शिसुवा ६ र ७ स्याक्लुङ ४ हहाल रुपा गाँउपालिका ६ र पोखरा लेखनाथ महानगरपालिका ३१ का आसपासका जग्गा बाँधको लागि अधिग्रहण गर्ने सर्वसाधारणमा १५ दिने सूचना प्रकाशित गरेको थियो ।

रुपताल संरक्षण एककिृत विकास परियोजना अन्तर्गत बाँध निर्माणको लागि प्रशासनले असार ३ गते को निर्णय गर्दै असार ७ गते १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । जग्गा प्राप्ती ऐन २०३४ को दफा १८ को उपदफा १ बमोजिम सरोकारवालाको लागि जानकारीको लागि सूचना प्रकाशित गरिएको उल्लेख गरिएको थियो । जग्गा प्राप्ती ऐन को दफा १३ को उपदफा २ बमोजिम गठित मुअब्जा समितिको निर्णय अनुसार जग्गाको मुअब्जा पाउने ठहरिएका व्यक्तिलाई उपलब्ध गराउने निर्णयसहित सूचनामा उल्लेख थियो ।

मुअब्जा वितरण समितिले निर्धारण गरेको मुअब्जा लिन सर्वसाधारणले राजी हुदैं भुक्तानीको दावी गर्दै निवेदन दिएका छन् । केही सर्वसाधारणले भने असुन्तष्टी जनाउँदै मुअब्जा लिन अस्वीकार गरेको छन् । अस्वीकार गरेको प्रति गृहमन्त्रालयमा आवश्यक परिपत्र समेत गरिसकिएको रुपताल संरक्षण एककिृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्यालले बताए । ‘पैसा आईसकेको छ । चिक्त बुझेकाहरुले निवेदन दिएका छन् । १२० रोपनी जतिको मुअब्जा रकम लिन निवदेन सहित दावी गरेका छन् ।’ उनले भने–‘दावी गरिएकोलाई प्रक्रियागत रुपमा साउनको तेस्रो सातादेखि वितरण गर्ने छौं ।’

मुअब्जा वितरण समितिले पानीले डुबान गर्ने क्षेत्र जहाँ पैदल मार्ग बनाईन ठाँउको लागि र बाँध बाँध्नेस्थलमा छुट्टाछट्टै मुअब्जा निर्धारण गरेको थियो । पैदल मार्गको लागि प्रति रोपनी ८ लाख ६२ हजार निर्धारण गरिएको छ । बाँध बाँधिने क्षेत्रमा भनेसमितिले प्रतिरोपनी १२ लाख ९२ हजारसम्मको मूल्य तोकिएको उनले जानकारी दिए । ‘तालको दक्षिण तर्फको माछा रोक्न हालिएको जाली भन्दा डेढसय मिटर तल बाँध बाँधिने छ ।’ योजना प्रमुख अर्यालले सुनाए ।

परियोजनाले पहिलो चरणमा २ सय ५० रोपनी जग्गाको मुअब्जा वितरण गर्ने जनाएको छ । ‘पहिलो किस्तामा २ सय ५० रोपनी जग्गाको मुअब्जा वितरण गर्ने लक्ष्य अनुसार काम गरिरहेका छौं । तर केहीले मुअब्जा रकम कम भयो भन्दै विरोध गरेका छन् ।’ उनले भने–‘मुअब्जा दावी गरेका सबैलाई वितरण गर्छौै ।’ उनका अनुसार त्यस लगत्तै दोस्रो चरणको मुअब्जा वितरण कार्य अगाडि बढाईने छ । अधिग्रहण गर्न सरकारले २५ करोड रुपैयाँ निकासा गरेको छ । डुबान क्षेत्र अन्तर्गत पर्ने १४७२ रोपनी क्षेत्रफलको मुअब्जा दिनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ‘१४७२ रोपनीमा अझै केही घटन सक्छ ।’ उनले भने–‘केही जग्गा सार्वजनिक छन् । त्यसलाई पनि मिलाउनुपर्छ ।’

बाँध बाँध्न १२ करोड निकासा भएको थियो । त्यही निकासा भएको रकमबाट काम अगाडि बढाईएको रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले बताए । ‘पोखरी बनाउन र अन्य काम गर्न जग्गा अधिग्रहण गर्नुपर्ने खाँचो छ ।’ उनले भने । बाँध हालेपछि रुपातालको सतह १७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १०४ हेक्टर मात्रै छ । उत्तर तर्फको दोभान, जिमिरे, चिसा खोला लगायतका खोलाले वर्षेनी बगाउने माटोले तालको सतह घट्दै गएको छ ।

नापी विभागको २०३२ सालको तथ्यांक अनुसार रुपातालको क्षेत्रफल १३५ हेक्टर थियो । रुपातालको आकार मात्रै साँघुरिएको छैन, सतह पनि पुरिँदै आएको छ । पछिल्लो १० वर्षमा झण्डै एक तिहाई गहिराइ पुरिएको स्थानीय बताउँछन् । तालको गहिराई कम गहिरो ठाउँमा साढे ४ मिटर र सबैभन्दा गहिरो ठाउँमा ९ मिटरसम्म थियो, तर अहिले यो घटेर कम गहिरो ठाउँमा २.७४ मिटर र सबैभन्दा गहिरो ठाउँमा साढे ४ मिटरमा झरेको छ ।

तालको दक्षिण तर्फ ५७५ मिटर लम्बाईको बाँध निर्माण गरिने छ । ५० मिटर चौडाईयुक्त बेस रहने छ । १० मिटर उचाई र १० मिटर चौडाईको बनाईने छ । पन्च वर्षिय योजना अन्तर्गत सरकारले बाँध निर्माणको लागि ४ अर्ब ५१ करोडको लागत अनुमान गरिएको परियोजना प्रमुख अर्यालले बताए ।

File Photo