राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि

 

पोखरा, चैत ४ ।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा ठकुरी, सहसचिवमा तेजकुमारी त्रिपाठी, कोषाध्यक्षमा देवि गुरुङ चयन भएका छन् ।

त्यस्तै यूनियनको सदस्यहरुमा सुस्मिता श्रेष्ठ, हिरा थापा, शान्ति तिमिल्सिना, रिता गुरुङ, सम्झना गुरुङ, विमल आले पुन, ज्ञानु मल्ल, सोनु राना (लेक कुमारी), माया गुरुङ, कमला नेपाली रहेका छन् ।

साथै उक्त अधिवेसन पश्चात् यूनियनले प्रेरणा प्रधान लोप्चन र हिरा भण्डारीलाई सल्लाहकारमा चयन गरेको निवर्तमान अध्यक्ष दुर्गा केसीले बताए ।

यसअघि गण्डकी प्रदेश सांसद एवं यूनिएनका संस्थापक केन्द्रिय अध्यक्ष मीना गुरुङले महिलाहरुलाई हाल विश्वमा फैलिदै गएको कोरोना भाइरसबाट बच्न र बचाउन पूर्व सतर्कता र सजग हुन आग्रह गरिन् । उनले हालसम्म कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि त भएको छैन् तर हाम्रा दुई छिमेकी मुलुक चिन र भारतमा केहीको मृत्यु भएकोले हामी सजग भने हुनु पर्ने बताईन् ।

महिलाहरु व्यूटि क्षेत्रमा दक्ष हुन सके मनग्य आम्दानी गर्न सकिने दाबी गर्दै सांसद गुरुङले एउटा बिषयमा बिषेशज्ञ हासिल गर्न सके बजारमा त्यसको माग भएको बताईन् ।