राष्ट्रियसभा चुनावमा मधेसकेन्द्रित दलको काँग्रेससँग सहकार्य (यस्तो छ भागबण्डा)

काठमाण्डौं, माघ ९ ।
राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन् । संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धनसँग कुरा नमिलेपछि मधेसकेन्द्रित दलहरुले अन्तिममा कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । सहमति अनुसार प्रदेश नम्बर २ मा तीन दलले समान २\२ सिट बाँडेका छन् ।

सुरुवाती वार्तामा मधेसकेन्द्रित दुई दलले कांग्रेसलाई एक सिट मात्र दिन सकिने बताएपनि नेकपा एमाले र माओवादी केन्द्रसँग कुरा नमिलेपछि २ सिट नै दिन तयार भएका हुन् । नेता वृषेशचन्द लालले कांग्रेससँग आगामी सहकार्यको बाटो खुला गर्दै दुई सिट दिन तयार भएको बताए । वाम गठबन्धनले प्रदेश २ मा दुई सिटमा मात्र उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेका छन् ।