राष्ट्रियसभा चुनावको मतदान सुरु, नतिजा आजै आउने

पोखरा, जेठ ६ ।
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ देखि सुरु मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाताले मतदान गर्न पाउने छन् ।

उपनिर्वाचनमा एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ भने गठबन्धनले खीमलाल देवकोटालाई उठाएको छ । निर्वाचनको मतपरिणाम आजै साँझसम्म आउने बताईएको छ ।