राष्ट्रियसभामा प्रदेश ४को नतिजा–५ गठबन्धन, ३ सीट काँग्रेसलाई

पोखरा, माघ २४ ।
राष्ट्रियसभाको चुनावमा प्रदेश नम्बर ४ को सबै नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार ५ सीट वाम गठबन्धनले जितेको छ भने ३ सीट काँग्रेसले हात पार्यो । बाम गठबन्धनबाट खुला सदस्यमा एमालेका गणेशप्रसाद तिमिल्सीना, माओबादीका दिनानाथ शर्मा, महिलामा एमालेकी दीपा गुरुङ, शान्ति अधिकारी र दलिततर्फ माओबादीका खिमकुमार विक निर्वाचित भए ।  
उता काँग्रेसबाट भने खुलामा सुरेन्द्र पाण्डे, महिलामा वृन्दादेवी राना र अपाङ्गताको कोटामा प्रकाश पन्थ बिजयी भएका छन् । पन्थका प्रतिश्पर्धी रामबहादुर थापाको उम्मेदवारी खारेज भएपछि उनी निर्विरोध भएका हुन् ।

तस्विर प्रदीप पौडेल