राष्ट्रपति भण्डारी आउँदा उडान रद्द

काठमाण्डौं, मंसिर २१ ।
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकास र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

आजको कान्तिपुर दैनिक लेख्छ–कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएकोमा आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए ।