राष्ट्रपतिले गरिन संसद भंग, कार्तिक २६ र मंसिर ३ मा चुनाव हुने

पाेखरा, जेठ ८ ।
अब नेपालमा दुई चरणमा चुनाव हुने भएकाे छ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई चरणकाे चुनावी मिति ताेकेकी छिन् ।
संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
बैठकले संसद भंग गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।