राष्ट्रपतिको कदमप्रति नेविसंघ आन्दोलित

काठमाण्डौं, पुस ९ ।
नेपाल विद्यार्थी संघले राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दबाब स्वरुप सडक संघर्ष शुरु गरेको छ । राजधानीमा आइतबार नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो ।
नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे राष्ट्रपतिले देशलाई बन्धक बनाउन लागेको आरोप लगाएको छ । ¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियत दिएकोले त्यही अनुसार काम गर्न चुनौति दिए ।
सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे,सुशील भट्ट, रत्नहरी ढुङ्गेल, डोजाङ शेर्पा, बिपिन अधिकारी, तुलसी आचार्य लयायतले संबोधन गन गरेका थिए । राष्टपतिको हस्तक्षपकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रिय सदस्य शुसिल भट्टले जानकारी दिए ।