राप्रपा कास्कीले केन्द्रको निर्देशन टेरेन

पोखरा, कार्तिक २५ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय तहको निर्देशन अटेर गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेशसभाको चुनावमा काँग्रेससँग सहकार्य गर्न केन्द्रिय कमिटिले निर्देशन गरेपनि जिल्ला नेतृत्वले काँग्रेसलाई सघाउन नसकिने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारलाई यथावत राखेर चुनावी प्रचारका कार्यक्रम थाल्ने राप्रपा अध्यक्ष जयलाल पुनले बताए ।
आफनो पार्टी कांग्रेससंगको भद्र सहमती अनुसार सरकारमा गएको र निर्वाचन सफल बनाउन समेत सहयोग गरेको भन्दै उनले अन्त्यमा काँग्रेसले धोका दिएको आरोप लगाएका छन् । ‘आउँदो चुनावमा केन्द्रको लागि ७ र प्रदेशका लागि २७ सिट छाड्ने सहमती भएको थियो, उनले भने–अन्तिममा केन्द्र र प्रदेशमा ४÷४ गरि जम्मा ८ सिटमात्र दिएको छ । यसले पार्टीको उपस्थिती कमजोर बनाउँछ, हामी कास्कीमा सहकार्य गर्दैनौं ।’ कास्कीका ३ केन्द्रीय सभाका लागि उम्मेदवारी नदिएको राप्रपाले प्रदेशका ६ वटै ाष्ेत्रमा उम्मेदवारी दिएको थियो । यद्यपी क्षेत्र नम्बर १ (ख) का उम्मेदवार नारायण गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।