राजपा लोकतान्त्रिक गठबन्धन तिर

काठमाडौं, असोज १८ ।
राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन तयार देखिएको छ । एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति भए लगतै कांग्रेसले लोकतान्त्रिक गठबन्धनको पहल थाल्ने निर्णय गरेको छ ।
अहिले केहीबेरमा कांग्रेस र राजपा शीर्ष नेताहरुबीच वार्ता हुँदैछ । वार्तामा जाँदै गरेका राजपा नेता राजेन्द्र महतोले भने, ‘लेफ्ट (वामपन्थी दलहरु)ले यति गरेपछि अब बाटो खुल्यो । लोकतान्त्रिक गठवन्धन हाम्रो बाध्यात्मक परिस्थिति बन्यो ।’
उनका अनुसार राजपा अब कांग्रेससहितको लोकतान्त्रिक गठनवन्धनका लागि तयार देखिएको छ ।