रवीन्द्रले गरे मतदान

पोखरा, मंसिर २१ ।
एमाले नेता रवीन्द्र अधिकारीले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । उनले विहान ८ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी को शान्ति उदय माविबाट मतदान गरेका हुन् ।
मतदानपछि बाहिरिँदै अधिकारीले भने–जनताको विश्वासले आफ्नो जीत सुनिश्चित भैसकेको छ । उनले यसअघि जस्तै यसपाली पनि जनलहर आफ्नै पक्षमा रहेको दावी गरेका छन् ।