रन–वे बनिसकेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थल, विदेशी जहाज ल्याण्ड गर्न मिल्ने (फोटो फिचर)
पोखरा, बैशाख ७ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको निमित्त आयोजना प्रमुख कृष्ण पौडेलले बताए ।
विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भवनको काम धमाधम भएको पौडेलले बताए । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि सन् २०२० को डिसेम्बर भित्रै पोखरा विमानस्थलको काम सकिने बताए ।
अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको उनले बताए । सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने उनले बताए । अहिले सम्म विमानस्थलको ३५ प्रतिशत काम सकिएको छ ।
अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए । उनले चैत महिना सम्ममा रन वे सम्पन्न भईसक्ने बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो ।
झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।
Photo-santa bahadur lamichhane