रक्सीको बोतलले हानेर श्रीमतिको हत्या, श्रीमान पक्राउ

विराटनगर, पुस २८ ।
पत्नीको हत्या गरेको आरोपमा इलाममा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका–५ बतासेका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले रक्सीको बोतलले हानेर ३५ वर्षीय पत्नी निरमाया गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।

दुईबीच विवाद हुँदा गुरुङले पत्नीको कोखामा रक्सीको बोतलले हानेका थिए । निरमायाको घट्नास्थलमै मृत्यु भएको थियो । स्थानीयले घटनाको बारेमा जानकारी दिएपछि सोमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।