युवतीलाई फसाउन डिएसपीको आवरण

काठमाण्डौं, पुस २९ ।
भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो ।

युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्कत बाहिरिएको हो ।

१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचय बनाएर होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठामा हरेक दिन फरक फरक यवती आउने जाने गर्थे ।