युट्युवर प्रभात बसेल धरौटीमा रिहा

पोखरा, असार ५ ।
जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बसेललाई धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैया ँ धरा ैटीमा छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो । दुवै अदालतको आदेश अनुसार ३ लाख ५० हजार धरौटी बुझाएर बाँकी मुद्धा बसेलले थुनामा नबसी बाहिरबाटै लड्न पाउने भएका हुन् ।

जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् । गत फागुन ६ गते अपहरण गरेर बन्धक बनाइ बलात्कार गरेको भन्दै जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो । बागलुङ नगर पालिका–९, तित्याङका २३ वर्षीय बसेललाई जेठ ७ गते पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।