यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित)

पोखरा, असोज २४ ।
देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले पनि पोखरालाई ४ नम्बर प्रदेशको राजधानीको रुपमा सिफारिस गर्ने तारतम्य अन्तिम चरणमा पु¥याएको छ ।
समितिले सबै प्रदेशको सम्भावित राजधानी सरकारलाई प्रश्ताव पठाउने तयारीमा छ । समितिका अनुसार प्रदेश १ को राजधानी सुनसरीलाई प्रश्ताव गरिएको छ भने २ नम्बर प्रदेशको जनकपुर राजधानी बन्नेवाला छ ।
यस्तै प्रदेश नम्बर ३ को काठमाण्डौं, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको राजधानी धनगढीलाई तोकिएको छ । यद्यपी यसलाई मन्त्रीपरिषद्ले पारित गर्नुपर्छ । समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ । समितिले केही दिनदेखि लगातार गृहकार्य गर्दै संघ र प्रदेशमा रहने मन्त्रालयको अन्तिम खाका र सातवटै प्रदेशको सम्भावित राजधानीसमेत तोकिसकेको थियो ।
समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष पठाउने अन्तिम तयारी गरे पनि ‘माथिबाट’ हाललाई रोक्नू भन्ने आदेश आएपछि रोकिएको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयकी प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोखरेलले भने प्रदेशको सम्भाव्य राजधानी छनोट गर्न थप गृहकार्य र अध्ययन जरुरी भएकाले सोमबार सिफारिस हुन नसकेको जानकारी दिइन् ।