यस्तो बन्दैछ पोखराको पालिखेचोक ! (डिजाईन हेर्नुस्)

पोखरा, मंसिर १४ ।
पोखराको पालिखेचोक फराकीलो बनाईएपछि त्यसलाई ब्यवस्थित गर्ने काम सुरु भएको छ । पोखरा महानगरले ३ महिनाअघि चोकका घरहरु भत्काउन थालेको थियो । जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकीलो पारेको महानगरले केही महिनाभित्रै ब्यवस्थित बनाउने गरी प्रक्रिया अघि बढाएको छ ।

हाल त्यस क्षेत्रमा गाडी पार्किङ गर्न थालेका छन् । यद्यपी चोकको डिजाईन तयार भएकोले केही महिनाभित्रै काम थाल्ने वडा नम्बर ४ का अध्यक्ष तथा अभियानका संयोजक शंकर बास्तोलाले जानकारी दिए । उनका अनुसार महानगरले चालू बर्षभित्रै काम सक्नेगरि ४१ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

‘बजेट विनियोजन भैसक्यो । अव प्रक्रियामा लगेर काम थाल्छौं, उनले भने–प्राविधिक डिजाईन अनुसार नै गुणस्तरीय काम हुन्छ । हामी त्यसमा प्रतिबद्ध छौं ।’ साढे २ करोड रुपैयाँ भन्दा बढी मुआब्जामा मात्रै खर्च भएको थियो ।