यस्तो पो राजनीति ! जीवन परियारले दिए दिपकलाई पहिलो बधाई

पोखरा, मंसिर २३ ।
नेपाली काँग्रेसका कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार जीवन परियारले आफ्नै प्रतिश्पर्धी दीपक कोइरालालाई पहिलो बधाई दिएका छन् । उनले मतगणना परिसरमै फुलमाला लगाईदिएर बधाई दिएका हुन् । ‘निर्वाचन लोकतान्त्रिक मान्यता हो । यसमा हारजीत स्वभाविक हुन्छ, परियारले भने–वहाँ मेरो पनि प्रतिनिधी हुनुहुन्छ । दीपक जीलाई बधाई छ ।’ उनले विज्ञप्ती नै जारी गरेर कोइरालालाई बधाई दिएका हुन् ।
चुनावमा पराजीत भएपनि जनताप्रतिको उत्तरदायित्व सँधै शिरोपर गर्ने परियारले बताए । ‘मैले राजनीतिक धर्म भुलेको छैन । विशेष लोकतान्त्रिक मुल्यमा अडेको मान्छेले सँधै जनताकै पक्षमा काम गर्ने हो, उनी भन्छन्–म मेरा प्रतिनिधीसँग सँधै सँगै हुन्छु र वहाँलाई सबै क्षेत्रमा सघाउँछु ।’