यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर)

पोखरा, मंसिर २२ ।
कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ ।
३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को मतगणना क्षेत्रीय शिक्षा निर्देशनालय पार्दीमा भैरहेको छ भने क्षेत्र नम्बर २ को सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय र क्षेत्र नम्बर ३ को जिल्ला समन्वय समिति कास्कीमा मतगणना चलिरहेको छ । प्रत्येक निर्वाचन क्षेत्रको मतगणना ३ वटा ठाउँमा गनिएको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए ।
हेर्नुस् फोटोमा कास्कीको मतगणना ।