म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग

पोखरा, साउन ३१ ।
गण्डकी प्रदेशको म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरिएको छ । प्रदेश सरकारले बुधबार बैठक बसेर म्याग्दीलाई हिमाली जिल्ला बनाईदिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

यसअघि गएको फागुन १५ गते जिल्ला सभाले हिमाली जिल्ला बनाउने मागपत्र केन्द्रमा पठाएको थियो । हिमालको काखमा भएर पनि पहाडी जिल्लामा सूचीकृत हुँदा म्याग्दीका जनतालाई अन्याय भएको स्थानीयहरु बताउँछन् ।

जिल्लाका धवलागिरी गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुईनेमंगले, चिमखोला, अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र शिखका अधिकांश भुभाग हिमालसँग जोडिएको छ । गण्डकी प्रदेशमा यसअघि मनाङ, मुस्ताङ र गोरखा हिमाली जिल्लाको सूचीमा पर्छन् ।