मौसममा फेरि बदली

काठमाडौं, वैशाख २३ ।

आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ । भारतमा फेरि अर्को न्यूनचापीय क्षेत्र बनेकाले आजपनि केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । न्युनचापीय क्षेत्र बनेका कारण बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आएकाले देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मन्जु बासीले जानकारी दिए ।

उहाँका अनुसार आज पूर्वको मौसम पूर्ण रुपमा बदली हुने र अरु ठाउँको मौसम भने खुल्दै बदली हुनेछ । यस्तै केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उनले बताए । भारतमा बनेको न्युनचापीय रेखाको प्रभावले अझै एकदुई दिन देशभरीकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविदले बताएका छन् ।