मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

कैलाली, कार्तिक १४ ।
कैलालीको घोडाघाडीमा एक आपसमा मोटरसाइकल जुध्दा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोडाघोडी–२ साडेपानीमा बिहीबार बिहान भएको उक्त दुर्घटनामा घोडाघोडी–२ का मोटरसाइकल सवार ५० बर्षिय देवीराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरित दिसाबाट आएको नम्बर नखुलेको अनटेष्ट मोटरसाइकल से७प ८७५० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा से ७ प ८७५० मोटरसाइकलको पछाडी बसेका आचार्यको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

अनटेष्ट मोटरसाइकल चालक घोडाघाडी नगरपालिका–८ का २३ वर्षीया लोकेन्द्र गुरुङलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक तथा मृतकका भाई ईन्द्र आचार्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इप्रका सुख्खडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए ।

File Photo