मोटरसाईकलले ठक्कर दिँदा पोखरामा एकजना घाईते

पोखरा, पुस २ ।
पोखरामा मोटरसाईकलले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका १ सिम्पानीमा लु ४६ प ५३१७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा धादिङ घर भई पोखरा सिम्पानी बस्ने २८ बर्षिय अमृत गुरुङ घाईते भएका हुन् ।

उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । सडकमा हिडिरहेको अवस्थामा मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान भैरहेको छ ।