मेसीको पेनाल्टी मिस हुँदा नेयमारको पहिलो ह्याट्रिक

पोखरा, माघ ४ ।
मेसिको पेनाल्टी मिस भएपछि स्पेनिस महारथी क्लब बार्सिलोना इस्पान्योलसँग स्तब्ध भयो । साथै बार्सिलोनाको ५ महिनादेखिको अपराजीत यात्रा पनि टुंगिएको छ । कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इस्पान्योलले १–० ले पराजित गरेको हो ।
उता बार्सिलोनाबाट छुट्टिएर पेरिस सेण्ट जर्मन (पिएसजी) छिरेका नेयमार भने चम्किए । उनले पिएसजीका लागि ब्यक्तिगत पहिलो ह्याट्रिक गरे । डिजोनलाई ८–० गोलअन्तरले पराजीत गर्ने क्रममा नेयमार एक्लैले ४ गोल गरे । पिएसजीका लागि एन्जोल डि मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले १÷१ गोल गरेका छन् । फ्रान्सको लिग १ मा यो जीतसँगै पिएसजीले ११ अंकको अग्रता लिएको छ ।