मेरो जिन्दगी राजनीति मै हो–बराल

पोखरा, मंसिर ४ ।
काँग्रेसका युवा नेता गुरु बरालले जिन्दगी नै राजनीतिमा होमिसकेकाले विना लोभ जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका बरालले पोखरा ७ मा घरदैलो गर्दै राजनीति जीत र हारसँग नजोडिने बताए । ‘राजनीति भनेकै समाज सेवा हो, उनले भने–जीतेपनि तपाईँसँगै । हारेपनि तपाईँसँगै ।’
आफ्नो उम्मेदवारीले जनतामा खुशीयाली छाएको भन्दै चुनाव जित्नेमा ढुक्क भएको बरालको विश्वास छ । उनले जनता नै जनार्दन भएकोले आफुलाई सेवकको रुपमा काम गर्ने वातावरण बनाईदिन मतदातासँग आग्रह गरे ।