मेयरले नाम फेर्न नमानेको भन्दै पोखराका वडाध्यक्षको असन्तुष्टी

पोखरा, चैत २९ ।
बुधबारको नगरसभामा महानगरको नाम परिवर्तनबारे पनि प्रश्ताव भयो । विधान समितिका संयोजक तथा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले गरेको प्रश्तावमा काँग्रेसका सचेतक रामराज लामिछानेले समर्थन गरेका थिए ।

बहुमतको समर्थनबाट पोखरा लेखनाथ नामबाट लेखनाथ हटाएर पोखरा महानगरमात्रै राख्न गरिएको प्रश्ताव मेयर जिसीले कार्यपालिका बैठकमा छलफल गर्ने भनि छलफलमै ल्याएनन् । उनले नगरसभामा छलफल नगरेपछि अधिकांश वडाध्यक्ष र सदस्यहरुले त्यसमाथी असन्तुष्टी पोख्दै विरोध गरेका थिए ।

एमालेका सचेतक समेत रहेका शोभामोहन पौडेलले बहुमतको समर्थनले गरिएको प्रश्तावमाथी छलफल नहुनु दुखद भएको बताए । ‘प्रश्ताव गरेपछि छलफल हुनुपथ्र्यो । तर छलफलमा समेत नल्याउँदा बहुमतकै कदर भएन, उनी भन्छन्–मेयरसावले आफुँखुशी निर्णय गर्नुभो ।’ काँग्रेसका सचेतक रामराज लामिछानेले पनि नाम परिर्वतनमा मेयरको झुकाव गलत भएको टिप्पणी गरे ।

‘एमाले र काँग्रेस दुवै पार्टीले नाम फेर्ने निर्णय गरेर पठाएको छ । बहुमत जनप्रतिनिधीले प्रश्ताव गर्दा किन छलफलको बिषय बनेन ?, उनले प्रश्न गरे–हरेक ठाउँमा बहुमतले निर्णय हुने तर नामका बिषयमा बहुमत पु¥याएर प्रश्ताव गर्दा पनि सभाको एजेण्डा नबन्नु मेयरसावको मनपरी हो । भुगोलको झुकावमा लाग्नुभयो ।’

स्पष्ट नखुलाएपनि उनको संकेत मेयर जिसीको स्थायी घरतर्फ थियो । जिसी कालिकाका स्थायी बासिन्दा हुन् । मेयर जिसीले चाहीँ नयाँ बर्ष लागेपछि छलफल हुने बताए ।