मेयरदेखि राष्ट्रपतिसम्मको मर्यादाक्रम तोकियो

काठमाडौँ, माघ १५ ।
सरकारले प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका अनुसार राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकिएको छ ।
स्थानीय तहका पदाधिकारीहरुको मर्यादाक्रमको विषयलाई लिएर विवाद हुँदै आएको थियो । स्थानीय तहमा निर्वाचित अधिकारीहरुले आफुहरुलाई कर्मचारीभन्दा तल्लो मर्यादामा राखिएको भन्दै असन्तुष्टि जनाउदै आएका थिए । गृह मन्त्रालयको प्रस्तावअनुसार मर्यादाक्रमको सरकारले टुंगो लगाएको हो ।