मेयरको मुख्यालय दुरुपयोग, कार्यकक्षमै सच्चाईको ब्यानर

पोखरा, फागुन १५ ।
पोखरा लेखनाथका मेयर मानबहादुर जिसीको कार्यकक्षमा मंगलबार विवादित संस्था सच्चाइको सत्संगको ब्यानर टाँगियो । देशकै ठूलो महानगरका मेयरको कार्यकक्षमा सर्वसाधारणले प्रवेश पाउन सामान्यता केही घन्टा पर्खिनुपर्छ । तर, असंवैधानिक तवरले धर्म परिवर्तनमा सक्रिय सच्चाइको संत्सगको टोलीले मेयरको कार्यकक्षमै कार्यक्रम गर्न पायो । संस्थाका अध्यक्ष ज्ञानु तामाङको अध्यक्षतामा मेयर कार्यकक्षमा नै कार्यक्रम भयो । राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर छेवैमा सच्चाइले ब्यानर राखेर कार्यक्रम गरिएको हो । विद्यमान कानुन नै नबुझी वृद्धभक्ता बढाउने निर्णण गरेर कार्यान्वयन गर्न चुकेका मेयर जिसी फरि चुकेका छन् । महानगरको कार्यपालिकामा छलफल नगरी रकम दिएकोमा समेत उनको विरोध भइरहेको छ ।
मेयर जिसीले कार्यक्रममा संस्थाको प्रशंसासमेत गरे । पवित्र उद्देश्यका साथ अग्नीपीडितलाई सहयोग गरेकोमा धन्यवाद दिएका जिसीले त्यो संस्थाको उद्देश्य र कामबारे बुझ्ने झन्झट नै गरेनन् । धर्म परिवर्तन र टोलमा होहल्ला गरेकाले सच्चाइविरुद्ध स्थानीय कास्की प्रहरीमा उजुरी समेत दिएका थिए । तर प्रशासनले भने कारवाही गरेको छैन । सो अवसरमा सच्चाइको सत्संग कास्की नेपाल पोखरा लामाचौर–१९ ले धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नं. ५ बस्ने अग्नी पीडित बुद्धीबहादुर भुजेल र चन्द्रबहादुर घर्तीको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ हस्तान्तरण ग¥यो ।