मुस्ताङमा मनाईयो भुकम्प सुरक्षा दिवस

माघ २, जोमसोम । २१ औं अन्तराष्ट्रिय भुकम्प सुरक्षा दिवस मुस्ताङमा विशेष कार्यक्रम गरी मनाईएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिकको अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नाराका साथ दिवस जिल्ला प्रशासनले कार्यक्रम आयोजना ग¥यो । १९९० साल माघ २ गते भुकम्प गएको सम्झानामा यो दिवस मनाउन सुरु गरिएको हो ।
२०७२ सालको भुकम्पको घाउँ नविर्सिकसकेका नेपालीहरुले यो दिवसलाई राम्रैसँग सम्झेका छन् । त्यसै अनुरुप मुस्ताङमा पनि यो दिवस मनाईयो । मुस्ताङ पनि भुकम्पको उच्च जोखिममा छ । ७२ सालको भुकम्पले पनि मुस्ताङका विभिन्न स्थानमा भौतिक क्षति भएको थियो ।
कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले भुकम्पिय जोखिमको हिसाबले नेपाल ११ औं स्थानमा रहेको जनाउँदै मुस्ताङका परम्परागत घरहरु जोखिममा रहेको बताए ।
७२ सालको भुकम्प पश्चात उद्दार कार्यमा खटिएका जलश्रोत तथा सिचाईं विकास सब–डिभिजन कार्यालयका सब ईन्जिनियर रमेश सुवेदीले भुकम्पको पूर्व मूल्याङ्कन गर्न नसकिने बताए । उनले सर्वसाधरणहरुले भवन निर्माण गर्दा लापारबाही गरेकाले ठूलो क्षति भएको बताए । १९९० साल अघि निर्माण भएको घर भवनहरु पक्की भएकाले त्यतिवेला ठूलो क्षति नपुगेको भन्दै त्यसपछिको क्रममा पुरानो अवधारणालाई निरन्तरता नदिँदा घर–भवनहरु कमजोर भएकाले ७२ सालको भुकम्पले ठूलो जनधनको क्षति पु¥याएको उनले जानकारी दिएका छन् ।
सुवेदीले भुकम्प आउँदा सकेसम्म खुल्ला ठाउँमा जानुपर्ने बताए । घरको अवस्था हरेर मात्र टेवलमुनी, खाटमुनी, ढोकाको तलपट्टी लुक्नु पर्नेमा सचेत गराए । घर बनाउँदा ईन्जिनियरलाई नदेखाउँदा पनि मापदण्ड नपुगको उनको भनाई छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष आश बहादुर थकालीले यो कार्यक्रममा स्थानीयहरुको उपस्थिति नभएकोमा दुःख व्यक्त गरे । मुस्ताङका अधिकाशं विकट भेगमा स्थानीयलाई भुकम्पको बारेमा जानकारी नै नभएको भन्दै सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले मानवीय प्रयासले रोक्नै नसकिने यो प्रकोपबाट बच्ने उपायबाट सबै जानकार हुनुपर्नेमा जोड दिए । संरचनाहरु निर्माण गर्दा भुकम्प प्रतिरोधी बनाउनु पर्ने भन्दै जग्गाको छनौट गर्दा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रम जोमसोम एयरपोर्टदेखि प्रभातफेरी गरी जिल्ला समन्वय समिति भवनमा गएर सभामा परिणत भएको थियो ।