मुस्ताङमा टिपर दुर्घटना, १९ जनाको मृत्यु

पोखरा, असार २२ ।
मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना अझै घाईते छ । मुस्ताङ प्रहरीका डिएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२१९ नम्बरको टिपर सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको हो । दुर्घटनाग्रस्त टिपरमा ३१ मजदुर सवार थिए । घाइतेलाई एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टरले जोमसोम हुँदै पोखरा ल्याएको छ ।