मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दुई तिहाई बहुमत

पोखरा, फागुन २५।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई तिहाई बहुमत प्राप्त गरेका छन्।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ। भने विपक्षमा १७ मत छ। एमाले र माओवादीको समर्थनबाट गएको फागुन ४ गते मुख्य मन्त्री बनेका गुरुङलाई संसद सभाबाट राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको छ। जनमोर्चा यस अघि पूर्ण प्रतिपक्षमा थियो। सत्तारुढ दल एमालेको २७ माओवादीको १२ मत थियो भने जनमोर्चाको ३ मत पनि थपिएको छ।
माओवादीबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले चाहीँ शुक्रबार मत दिएनन्।
विपक्षमा कांग्रेसको १५ र नयाँशक्तिको २ गरि १७ मत परेको छ।
प्रदेश ४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएका राजिव गुरुङ (दिपक मानाङ्गे) भने लगातार अनुपस्थित छन्।